कैलाश गाउँपालिकाको ४३ करोड ७२ लाखको बजेट

तामसालिङ खबर
११ असार २०७७, बिहीबार ०९:११

असार, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ४३ करोड ७२ लाख ५९ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।

गाउँपालिकाले किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान दिने भएको छ । शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउपालिकाका अध्यक्ष टंक मुक्तानले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*