भीमफेदी गाउँपालिकाद्वारा ५६ करोड ८७ लाखको बजेट सार्वजनिक
असार, हेटौडा (भीमफेदी) – भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ५६ करोड ८७ लाखको बजेट बिनियोजन गरेको छ ।
गाउपालिका बुधबारको छैठौ गाउँसभा मार्फत आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।
आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, शुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैँया विनियोजन गरेको छ ।