इन्द्रसरोवर गाउँपालिकाको ५० करोडको बजेट सार्वजनिक

तामसालिङ खबर
१० असार २०७७, बुधबार २०:४०

असार, हेटौडा (इन्द्रसरोवर) – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५० करोडको अनुमानित बजेट पेश गरेको छ । बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गरिएको
छ ।

गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याएको छ । विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

अर्को गाउँसभाको बैठकबाट आगामी आवको बजेट पास हुने गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*