मकवानपुरगढी गाउँपालिकाको बजेट ५९ करोड ७५ लाख (पूर्णपाठ)
असार, हेटौडा (मकवानपुरगढी) – मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । गाउपालिकाको पाँचौं गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाले प्रस्तुत गर्न तयार पारिएको नीति कार्यक्रम र बजेट वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बाचन गर्नु भएको थियो ।
आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ ।
त्यस्तै, व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड ६९ लाख ४७ हजार (५४.७१ प्रतिशत) र चालुतर्फ २७ करोड ५ लाख ६० हजार (४५.२९ प्रतिशत) गरी ५९ करोड ७५ लाख ७ हजारको अनुमानित आयव्यय पेश गरिएको थियो । पेश गरिएको बजेटमा छलफल गरि केहि दिन पछि पास गर्ने जनाइएको छ ।
निति तथा_compressed