लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

तामसालिङ खबर
७ असार २०७७, आईतवार १७:४३

एजेन्सी – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ । त्यस्तै, मृतकको संख्या पनि १३ हजार नाघेको छ । पछिल्ला १० दिनयता भारतमा हरेक दिन १० हजारभन्दा धेरै जना संक्रमित पहिचान भएका छन् ।

समाचारमा जनाइएअनुसार लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । भारतमा पहिलो लकडाउन २५ मार्चदेखि १४ अप्रिलसम्म भारतमा लकडाउन थियो र अन्तिम लकडाउन १८ मेइदेखि ३१ मेईसम्म रह्यो । यस हिसाबमा यहाँ ६७ दिनसम्म लकडाउन कायम रह्यो र हरेक चरणमा कुनै न कुनै छुट मिल्यो ।

१ जूनदेखि लकडाउन खुकुलो भयो र थोरै क्षेत्रमा मात्रै कडाई कायम रह्यो । नतिजा, १ जुनदेखि १९ जुनको अवधिमा भारतमा २ लाख ५० हजारभन्दा धेरै संक्रमित देखिए । यो अवधिमा ७ हजार ५ सयभन्दा धेरैको मृत्यु भएको समाचारमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*