‘तपस्वी’ बम्जनको आश्रममा सीआईबीको छापा

तामसालिङ खबर
४ असार २०७७, बिहीबार १३:५९

असार, सिन्धुली – ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा सीआईबीको टोलीले छापा मारेको छ । बलात्कार तथा हत्या अभियोग लागेका ‘तपस्वी’ बम्जनको सिन्धुलीमा रहेको आश्रममा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले छापा मारेको हो ।

सीआईबीको टोली बिहिबार बिहानै बम्जनको आश्रममा छापा मार्न पुगेको हो । तर टोली पुग्दा उनी आश्रममा फेला नपरेको जनाइएको छ । सीआईबीको टोली बिहीबार बिहानै कुकुरसहित बम्जनको आश्रम पुगेको थियो । तर उनी त्यहाँ भेटिएनन् ।

घना जंगलभित्र ७–८ घण्टा सर्च गर्दा पनि बम्जन फेला नपरेको सीआईबी स्रोतले जनाएको छ । प्रहरी जाँदै गरेको खबर पाउनासाथ बम्जन त्यही जंगलभित्र भागेको अनुमान गरिएको छ ।

बम्जन फेला नपरेपपिछ सीआईबीको टोली फर्किएको छ। प्रहरीले बम्जनको आश्रममा छापा मारेको यो तेस्रोपटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*