विद्युतको नयाँ महशुल दर तोकियो

तामसालिङ खबर
३ असार २०७७, बुधबार १६:३१

असार, कठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत महशुल दर तोकेको छ । आयोगले यही असारदेखि नै लागू हुने गरी नयाँ दर निर्धारण गरेको जानकारी गराएको छ । बजेट भाषणमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिने भनिएकोमा आयोगले त्यसलाई सदर गर्ने लागू गरेको    छ ।

नयाँ महशुल दरमा ५ एम्पियरको लाइन जोड्नेले डिमान्ड शुल्कबाहेक अरु तिर्नु नपर्ने उल्लेख छ । ५ एम्पियरका डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको    छ । यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्यूनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमान्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनिट ६ रुपैयाँ तोकिएको आयोगले निर्धारण गरेको महशुल दरमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*