जनताकाे हरेक समस्याकाे साथमा छु – उपमेयर लामा

तामसालिङ खबर
२ असार २०७७, मंगलवार १६:०२

असार २, हेटौडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको उपमेयर मिना कुमारी लामाले जनप्रतिनिधि भएर जनताको सेवा गरिरहन पाएकोमा सन्तुष्ट मिलेको बताउनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण लकडाउनको समयमा उहाँले ५ सय जना भन्दाबढी गर्भवती र सुत्केरी महिलाका लागि पौष्टिक आहार उपलब्ध गरेको बताएकी छिन् । त्यस्तै, तीन हजार भन्दा व्यक्तिलाई राहतको व्यवस्थापन गरेको उपमेयर लामाले बताउनु भयो ।

उहाले न्यायीक समितीको प्रमुख भएर काम गर्दाको अनुभव कहिले भुल्न नसक्ने अनुभव सुनाउनु भयो । “अदालतमा बषौ मिलाउन नसकेको मुद्वा न्यायिक समितीबाट मिलाउन पाउँदा धेरै खुशी लागेको छ ।

दाजु र बहिनी बीचमा अंश मुद्वा नमिलेर अदालमा पुगेको रहेछ । त्यो मुद्वा मेरो नै न्यायिक समितीको अदालतबाट मिलाइ दियो । अहिले उहाँहरुको सम्बन्ध राम्रो छ ।

त्यस्तै, विदेशबाट फर्केका युवाहरुका लागि सिप मुलक कार्यक्रममा सहभागी गराएर आउँदो संभाविद संकटबाट हेटौँडाबासीलाई मुक्त गर्न अहिले देखि नै योजना बनाएर कार्यन्वयनमा लागेको उहाले बताउनुभयो ।

हेटौँडा उपमहानगर पालिकालाई फूलै फूलको शहरको रुपमा चिनाउन हरेक सडकको छेउछाउमा फूलहरु फूल्न थालिसकेको पनि उहाले जानकारी गराउनु भयो ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*