बागमती प्रदेशले रोजगारीलाई बिशेष प्राथमिकता
असार, हेटौंडा – बागमती प्रदेश सरकारले कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाइ व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सुदृढ गरी नीजि क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गर्दै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संचालनमा ल्याउन र नव उद्यमीहरुका लागि उद्यम उद्योग स्थापना गर्ने भएको छ ।
यस्ता उद्योग स्थापना तथा संचालनका लागि “उद्यमीको हात प्रदेश सरकारको साथ” कार्यक्रम अन्तरगत सहुलियत व्याजदरमा वित्तीय संस्था मार्फत ऋण उपलव्ध गराउने भएको छ ।
वर्षेनी श्रम वजारमा आउने जनशक्ती, विदेशवाट फर्किएका युवा, महिला, वेरोजगार, गरीब समुदायहरुलाई सानो लगानी गरी छीटो उत्पादन हुने तथा स्थानीय र स्वदेशी कच्चा पदार्थहरुको समुचित प्रयोगवाट लघु कुटिर उद्यम संचालनका लागि प्रदेश सरकारको स्विकृत कार्यविधि अनुसार हरेक स्थानीय तहमा ३० लाखको “प्रदेश सरकार लघु उद्यम कोष” स्थापना गरी मेरो उद्यम, अति उत्तम कार्यक्रम” संचालन गरीने आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।