बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट विनियोजित (पूर्णपाठ सहित)

तामसालिङ खबर
१ असार २०७७, सोमबार १७:४१

असार १, हेटौडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको बजेटमा कुल विनियोजनमध्ये चालु तर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत, पुँजीगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत रहेको छ ।

आगामी आवको खर्च व्यहोर्नका लागि कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७८ लाख, अन्तर सरकारी अनुदान १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ ७ अर्ब ५० करोड प्राप्त हुने अनुमान रहेको छ ।

मन्त्री ढुंगेलले सार्वजनिक गरेको बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा उच्चस्तरी कोरोना अस्पतालको स्थापना, प्रयोगशाला र दक्ष चिकित्स जनशक्ति उपलब्ध गराउने विषयमा उच्च प्राथमिकता दिइने उल्लेख छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस् –

बजेट-वक्तव्य-फाइनल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*