यसवर्षको एसइई परिक्षा नहुने, विद्यालयको मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार १०:३१

जेठ २९, काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

तर तत्काल सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको शिक्षा मन्त्रलायले जनाएको छ ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*