गर्भवती हात्ती १४ दिनदेखि भोकै, भोक र पीडाले छट्पटाएर गाउँ डुल्थ्यो

तामसालिङ खबर
२९ जेष्ठ २०७७, बिहीबार १०:२७

एजेन्सी – भारतको केरलास्थित कोल्लम जिल्लाबाट केही दिनअघि मानवीयतालाई नै चुनौती दिने खबर आयो – गर्भवती हात्तीको हत्या । केही व्यक्तिहरुले भुइँकटरमा बिस्फोटक पदार्थ राखिदिएका थिए, निर्दोष हात्तीले त्यसलाई खायो । अनि, तीन दिनसम्म पानीमा डुबेर बसेको यो हात्तीले अन्ततः पीडा सहन नसकेर त्यही प्राण त्याग ग¥योे ।

मृत्युपछि नै यो रहस्य बाहिर आयो कि हात्तीको पेटमा बच्चा थियो । अनि, बिस्फोटक पदार्थ खाएपछि यो हात्ती मुखमा घाउ भएर म¥यो । भर्खरै सार्वजनिक भएको पोस्टमार्टम रिपोर्टअनुसार बिस्फोटक पदार्थले मुख नै क्षतिग्रस्त भएपछि मर्नुअघि यो हात्तीले १४ दिनदेखि केही खाएको थिएन ।

मुख र दाँत क्षतिग्रस्त भएपछि हात्ती निकै पीडामा थियो र खानसक्ने अवस्था नै थिएन । भोक–प्यासबाट हैरान भएर उसले कैयौंपटक गाउँको चक्कर लगाएको थियो ।

एक अधिकारीका अनुसार अत्यधिक पीडाका बाबजुद पनि उसले कसैलाई क्षति पु¥याएन । कुनै घर कुल्चिएन । यसैबाट यो हात्ती कति असल थियो भन्ने बुझिन्छ । एकै महिनामा केरलामा हात्तीको हत्या भएको यो दोस्रो घटना थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*