तीनदिन भित्र पीसीआर मेसिन उपलब्ध गराइने

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ०६:४६

जेठ २७, बीरगंज – प्रदेश २ सरकारले नारायणी अस्पताललाई कोरोना कोरोना भाइरसको चेकजाचमा अभाव हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी आरडिटी किट सहित नारायणी अस्पताल पुगेर प्रदेश सरकारका अर्थ राज्यमन्त्री उषादेवी यादव र संघीय सांसद प्रदिप यादवले संयुक्त रुपमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट विरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरेका छन् ।

सो क्रममा उनीहरुले पिसीआर मेशिन तथा करिब ८ हजार पीस भिटिएम दिने प्रतिबद्धता जनाएका छन । अब प्रदेश सरकारले अर्को पिसिआर मेशिन र पर्याप्त भिटिएम छिट्टै पठाउन लागेको राज्यमन्त्री यादवकाे बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*