वैज्ञानिक वन व्यवस्थापनमा मन्त्रालयको सहभागिता छैन – वनमन्त्री बस्नेत

तामसालिङ खबर
२७ जेष्ठ २०७७, मंगलवार ०६:३९

जेठ २६, काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वैज्ञानिक वन व्यवस्थापनमा मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गरेका    छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत बन तथा वातावरण मन्त्रालयका अन्तर्गत विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले वैज्ञानीक बन व्यवस्थापनमा अनियमितता भएको कुरा आएको तर यसमा संघीय सरकार र मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गरे ।

वैज्ञानिक वन व्यवस्थापनको विषयमा सांसदहरुले मेचीदेखि महाकालीसम्म २८ अर्ब रुपैयाँ बराबरको ५६ लाख क्वीफिट बराबरको वन फडानी भएको र त्यसमा मन्त्रालयका माथिल्लो तहदेखि तल्लो तहसम्मको मिलेमतो रहेको भन्दै प्रश्न गरेपछि मन्त्री बस्नेतले मन्त्रालयका कुनैपनि अधिकारीको कुनै पनि सहभागिता नरहेको बताए ।

उनले बन क्षेत्र प्रदेश सरकारको मातहतमा रहेको र बन व्यवस्थापनमा पनि प्रदेश सरकारले काम गर्ने भएकाले संघीय मन्त्रालयको कुनै सहभागिता नरहने स्पस्ट पारे ।

‘वन व्यवस्थापन सँग सम्बन्धीत विषयहरुमा संघीय मन्त्रालयको सहभागिता छ कि छैन व्यवस्थापन मै सहभागिता छैन अव अरु कुरामा के सहभागिता ? त्यसकारण यहाँ माननियजीले जे विषयलाई आशंका गरिरहनु भएको त्यो विषय सत प्रतिशत गलत हो भन्न चाहन्छु र त्यसलाई खारेज गर्न     चाहन्छु ।’ उनले भने ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*