आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

तामसालिङ खबर
२५ जेष्ठ २०७७, आईतवार ०८:१५

जेठ २५, काठमाडौ – देशभरका भूमिसुधार र मालपोत कार्यालय आज (आइतबार) देखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आजदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।

विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

सूचना हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*