बकैयामा ८ सय परिवारलाई राहत सामाग्री वितरण

तामसालिङ खबर
२५ जेष्ठ २०७७, आईतवार ०७:४०

जेठ २५, हेटौडा ( बकैया) – मकवानपुरको पुर्बी क्षेत्रको बकैया गाउँपालिकाको वडा नम्बर १ का ८ सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यपालिका सदस्य लक्ष्मी माझीसहित गाउँपालिकाका कर्मचारी १ नम्बर वडा पुगेर राहत वितरण गरेको हो ।

गाउँपालिकाले प्रतिपरिवार १५ केजी चामल, १ लिटर तेल र एक केजी नुन वितरण गरेको हो । खाद्यान्न उत्पादन हुने कमजोर क्षेत्रको रुपमा रहेको १ नम्बर वडालाई खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*