नेपालमा १७० जना कोरोना संक्रमण थपिए, संक्रमितको संख्या १२१२ पुग्यो
जेठ १६, काठमाण्डौ – नेपालमा शुक्रबार साँझ सम्म कोरोना संक्रमितको संख्या १ सय ७० जना थपिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए। यस्तै आज मात्र १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सँगै नेपालमा कोरोनाभाइरसबाट निको हुनेको संख्या २०६ पुगेको छ । भने उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।