भारतीय सञ्चारमाध्यमको समाचारप्रति नेपाली सेनाको आपत्ति

तामसालिङ खबर
१६ जेष्ठ २०७७, शुक्रबार ०६:१७

काठमाडौँ – भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशि समाचार प्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले आपत्ति जनाएको हो ।

भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको बताउँदै नेपालमा विभाजन ल्याउने कुत्सित मनसायले आएको अफवाहमा विश्वास नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*