बाणिज्य बैंकका शाखाले १० र विकास बैंकका शाखाले ५ वटा सहुलियत कर्जा दिनै पर्ने
जेठ १५, काठमाडौं – सहुलियतपूर्ण कर्जा प्रवाहमा कडाई हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि बाणिज्य बैंकका प्रत्येक शाखाले कम्तिमा पनि १० जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने भएको छ ।
त्यस्तै, विकास बैंकका प्रत्येक शाखाले न्युनतम ५ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नै पर्नेछ ।