प्रत्येक प्रदेशमा सरुवारोग अस्पताल बनाईने

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १७:३९

जेठ १५, काठमाण्डौ – सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

‘उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाइने छ’, बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले भने, ‘सबै प्रदेशमा दुई सय शैय्याको अस्पताल बनाइने छ ।’

स्वास्थ्य सेवामा खटिका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने घोषणासमेत अर्थमन्त्री खतिवडाले गरेका छन् । उनले स्वास्थ्यकर्मीलाई पाँच लाखको निशुल्क स्वास्थ्य बिमा गरिने बताए ।

हरेक प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाउने घोषणा गर्दै सरकारले प्रत्येक स्थानीय तहमा १५ बेड सम्मको अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*