बजेट भाषण – ८ खर्ब २७ अर्ब राजश्व संकलन हुने अनुमान
जेठ १५, काठामाण्डौ – सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा ८ खर्ब २७ अर्ब राजश्व संकलन हुने अनुमान गरेको छ ।
बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ८ खर्ब २७ अर्ब हुने राजश्व संकलन अनुमान गरिएको बताएका हुन् ।