हावाहुरीको कारणले ज्यान गुमाएका परिवार र उपचाररतलाई क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार १९:३२

जेठ १४, हेटौंडा – बागमती प्रदेशसभाको विशेष समयमा बोल्नुहुँदै मकवानपुरकी सांसद मुनु सिग्देलले मंगलबार साँझ आएको हावाहुरीले ज्यान गुमाएका राक्सिराङ गाउपलिका वडा नम्बर ५, चैनपुरकी ५० वर्षीया वीरमाया प्रजा र वडा नम्बर–३, पलासेका ६ वर्षीय बालक आयुष मगरको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

त्यस्तै, घाइते राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय शम्भु सुनार र २८ वर्षीय मनिकलाल बलको उपचारमा सक्दो सहयोग गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ ।

यस्तै प्रदेशको राजधानी हेटौंडा क्षेत्रमा हावाहुरीले तरकारी बारी नष्ट गर्नुका साथै किसानहरुको टनेल, घर ध्वस्त भएकाहरुको क्षतिको विवरण संकलन गरी राहत प्याकेजको घोषणा गर्न उहाँले प्रदेश सभाको बैठकमा जोडदार माग गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*