हावाहुरीले कुखुराको खोर भत्किँदा गैँडाकोटमा २ जनाको मृत्यु
जेठ १२, नवलपरासी – गैँडाकोटमा कुखुराको खोर भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार साँझ आएको हावाहुरीसहितको वर्षाले खोरमा दाना दिँदै गर्दा गैँडाकोट नगरपालिका ८ का ३५ वर्षीय काशिराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।
साँझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।