धेरै सहिद हुने गाउँमा गडनमा पुग्यो बिजुली

तामसालिङ खबर
९ जेष्ठ २०७७, शुक्रबार ०८:०४

जेठ, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ३ गडन तीनतलेमा विद्युत सुविधा पुगेको छ । सामाजिक दुरी कायम गर्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले रिबन काटेर विद्युत उद्घाटन गरे । तत्कालिन जनयुद्धको समयमा मकवानपुरकै सबैभन्दला धेरै युवारुले साहदत प्राप्त गरेको उक्त गाउँमा विद्युत पुगेपछि वडाबासी खुसी भएका छन् ।

उदघाटन कार्यक्रममा बागमती गाउपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, नेकपा मकवानपुर संगठन विभाग उपप्रमुख कमानसिं पाख्रिन, सचिवालय सदस्य छिरिङ दोर्जे लामा, जय बहादुर वाइवा, सुमन पाख्रिन, जिल्ला कमिटी सदस्य दिल दोर्जे तमाङ, बागमती गापा ३ नम्बर वडाध्यक्ष बल बहादुर पाख्रिन, नेकपा बागमती गापा सचिवालय सदस्य मनोज बल लगायतको उपस्थिती रहेको थियो ।

५ सय २१ धुरी रहेका उक्त वडामा १ सय ४२ घरमा धुरीमा बिजुली बत्ती ३ नम्बर वडाध्यक्ष बल बहादुर पाख्रिनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*