फेरि ५३ जना कोरोना संक्रमित थपिए

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार १७:०४

जेठ ५, काठमाडौं – नेपालमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सुदुरपश्चिम प्रदेशको बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जनामा गरी ६ जनामा काेराेना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बिहान मात्र रौतहट र बारामा गरि नौं जना कोरोना संक्रमित भेटिएको थियो । यो संगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

उपचार पछि हालसम्म घर ३६ जना फर्किसकेका छन् । कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*