लकडाउन-सैनिक पोशाक लगाएर हिड्ने एक पक्राउ

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०८:०२

जेठ ५, काठमाडौं – लकडाउनको समयमा सैनिक पोसाक लगाएर हिड्ने एक जनालाई पक्राउ गरेको छ । दोलखा घर भई काठमाडौंको बाँसबारीमा होटल सञ्चालन गर्दै आएका सुशिल खड्कालाई सैनिक पोसाक लगाएर हिँडिरहेको अवस्थामा सैनिक प्रहरीले पक्राउ गरेको हो ।

२०६८ सालमा सेनाले सञ्चालन गरेको सैन्य आधार तालिममा रहँदा उनी भागेको पाइएको समेत सेनाले जनाएको छ । उनलाई सैनिक प्रहरी गणमा कार्वाही प्रक्रिया अघि बढाइएको समेत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय सुरक्षाकर्मीको जाँचबाट बच्न सैनिक पोशाक लगाएर हिड्ने क्रम बढेपछि सेनाले निगरानी बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*