सांसद विकास कोष खारेज गर्न संसद शर्माको माग

तामसालिङ खबर
२ जेष्ठ २०७७, शुक्रबार १८:३६

जेठ २, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्मा(प्रभाकर)ले स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका    छन् । शुक्रबार एक ट्वीट गर्दै सांसद शर्माले राष्ट्रको समग्र विकास समिटिने गरी काम गर्न सांसद विकास कोष खारेज गर्न माग गरेका हुन् ।

उनले भनेका छन् ‘राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन ।’

प्रतिपक्षी दल सहित सत्तापक्षका केही सांसदहरुले सांसद विकास कोष खारेज गर्न माग गर्दै आइरहेका छन् । यो कोष मार्फत हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ जाने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*