नवलपरासीका एक जनामा कोरोना संक्रमण

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार १५:१४

जेठ १, काठमाडौं – बिहिबार थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिङ-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासी देवचुली नगरपालिका वडा नमब्र – १२ का ती व्यक्तिमा संक्रमण देखिएको हो ।

त्यस्तै, बिहीबार बिहान पनि २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकालाई संक्रमण देखिएको हो । घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण भेटिएको हो ।

बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो । बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ । उनलाई संक्रमण देखिएसँगै उपचारमा संलग्न चिकित्सक क्वारेन्टाइनमा बसेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*