हेटौंडामा हालसम्म ५११ जनाको कोरोना परिक्षण

तामसालिङ खबर
१ जेष्ठ २०७७, बिहीबार ११:१०

जेठ १, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हालसम्म ५ सय ११ जनाको स्वाब परिक्षण सकिएको छ ।

हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुशोत्तम सेडाइले वताउनुभयो ।

गत चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।

हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको शंका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*