लायन्सको गर्भनरका लागि मकवानपुरका शम्भु नर्कमीको उम्मेद्वारी दर्ता
बैशाख ३०, हेटौडा – लायन्स क्लब अफ ईन्टर नेशनल ३२५ बि २ नेपालको २०२०/२१ का लागि गर्भनरमा मकवानपुरका लायन शम्भु नर्कमी, फस्ट भीडिजीका लागि चितवनको लायन राम प्रसाद भट्ट र सेकेण्ड भिडिजीका लागि लायन सिबि चन्दको उम्मेदवारी मंगलबार अनलाईन भिडियो कार्यक्रमका वीच मनोनयन दार्ता गरेका छन् ।
लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपालको २०२०/२१ मा नयाँ नेतृत्व चयनका लागि भिडियो कन्फ्रेन्सबाट कन्भेन्शन अर्थात कार्यक्रम हुने भएको छ । विश्व नै कोरोना भाईरसले गर्दा धेरै भिडभाड गरेर भन्दा पनि अनलाईन भिडियोको माध्यामबाट एजिएम हुने लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ की एरिया को–चिफ लायन टासी डोल्मा तुम्वाहाङ्फेले जानकारी दिनु भयो ।
लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपालले अनलाईनको माध्यामद्धारा गर्भनर, फस्ट भीडिजी र सेकेण्ड भीडिजीका लागि उमेदवरीहरुको घोषणा र उमेदवार फार्म दर्ता भएको थियो । नोमिनेशन चिफ पिडिजि लायन डिके ढुङ्गाना, नोमिनेशन सदस्य एरिया को चिफ एडभाईजर राम श्रेष्ठ रहनु भएको थियो ।
मंगलबार गर्भनर, फस्ट भीडिजी र सेकेण्ड भीडिजीले आफ्नो कार्याकालमा गर्ने निति तथा कार्याक्रमबारे सबैमा जानकारी गराएका छन् । लायन्स क्लब अफ ईन्टरनेशनलको विद्धानलाई अंगाल्ने विश्वको सबै भन्दा ठूलो सामाजिक सेवा गर्ने क्लब भएको र लायन्स इन्टरनेशनलका अनुसार लायन्सका पदाधिकारीहरुको चयन सर्व सम्मतिले गर्ने चलन रहि आएको लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ का एरिया को चिफ एडभाईजर तथा नोमिनेशन सदस्य राम श्रेष्ठले बताउनु भयो ।
त्यस्तै सर्व सहमतिमा नेतृत्व चयनले लायन्सले गर्दै आएको समाजसेवा कार्य गर्न सहज हुने भएको हुनाले नेतृत्व सहमतिमा नै हुँदै आएको ईतिहास समेत रहेकोे भन्दै एरिया को–चिफ लायन टासी डोल्मा तुम्वाहाङ्फेले निवार्चन हुदैन भन्ने पनि छैन तर, निर्वाचन भन्दा सर्व सहमतिमा गरेको नेतृत्व चयनले लायन्सको कार्य सहज र सरल हुने विश्वास लायन्स क्लब अफ ईन्टरनेशनलको रहेको बताउनु भयो ।
उहाँले सर्वसहमतिमा पदाधिकारीहरुको चयन भएपनि एजिएममा निर्वाचन प्रकृया अनुसार एस भोटका लागि लायन्सहरुले भोटिङ भने अनिवार्य रुपमा गर्नु पर्ने उहाँको भनाई रहेको छ । नयाँ नेतृत्व चयनका लागि अबको १० दिन पछि भिडियो कन्फ्रेन्सबाट अन्तिम नामावली प्रकाशन हुने बताएको छ ।