रौतहटमा क्वारेन्टाईनमा बस्ने बिरामीको संख्या बढदै

तामसालिङ खबर
२५ बैशाख २०७७, बिहीबार ०७:५२

बैशाख २५,रौतहट – प्रदेश २ को रौतहटमा क्वारेन्टाइनमा बस्ने बिरामीको संख्या बढनेक्रम जारी रहेको छ । जिल्लाका बिभिन्न २६ स्थानमा रहेको क्वारेन्टाईनहरुमा मंगलबार अपरान्ह सम्म ३० जना महिला सहित २ सय ७६ जना शंकास्पद बिरामीको उपचार भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।

जिल्लाका बिभिन्न क्वारेन्टाईनमा लगातार २ हप्ता बसेर हाल सम्म ४ सय ६८ जना बिरामी निको भएर फर्किसकेको जिल्ला प्रशासन कार्यालयका नासुु रामनरेश साहले जानकारी दिए ।

क्वारेन्टाईनमा रहेका शंकास्पद बिरामीमध्ये कूल ४ सय ६२ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएको छ । तीमध्ये ३ सय १५ जनाको रिपोर्ट नेगेटिभ, ३ जनाको पोजिटिभ र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*