कोरोना सङ्क्रमणबाट प्रदेश १ सबैभन्दा बढी प्रभावित

तामसालिङ खबर
२३ बैशाख २०७७, मंगलवार ०७:५२

बैशाख २३, हेटौडा – प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको पाइएको छ । कर्णाली प्रदेशमा अहिले सम्म सङ्क्रमण देखिएको छैन । कुल कोरोना सङ्क्रमित ७५ मध्ये प्रदेश १ मा मात्रै ३१ जना छन् ।

प्रदेश ५ मा १७ र प्रदेश २ मा १३ जनामा सङ्क्रमण देखिएको छ । बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित ७५ मध्ये ५८ जना पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो समय सबैभन्दा धेरै सङ्क्रमित देखिएको नेपागञ्जलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सर्वदलीय छलफलका आधारमा बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनका लागि पूर्णत निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*