बालबालिकामा समेत कोरोना भाइरस संक्रमण

तामसालिङ खबर
२१ बैशाख २०७७, आईतवार १६:४६

बैशाख २१, हेटौडा – नेपालमा कोरोना भाइरसको संक्रमण पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा देखिएको छ । भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा १४ वर्षीयामा कोरोना संक्रमण देखिएको थियो ।

विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ । न्यूर्योक सिटी हेल्थका अनुसार अमेरिकामा ६ हजार ८४० को मृत्यु हुँदा १७ वर्षभन्दा कम उमेरका ३ जना थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार कोरोना संक्रमित ७ वर्षीयको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोनाका बिरामीको उपचारमा संलग्न डा. शेरबहादुर पुन विभिन्न अनुसन्धानहरूले तुलनात्मक रुपमा बालबालिकामा कोरोनाको संक्रमण कम देखाएको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*