काठमाडौँमा लकडाउन खुकुलो बनाउने तयारी

तामसालिङ खबर
२२ बैशाख २०७७, सोमबार १३:५३

बैशाख २२, काठमाण्डौ – कोभिड –१९ नियन्त्रणका लागि सरकारले आह्वान गरेको बन्दाबन्दी लम्बिए सँंगै काठमाडौँ उपत्यकामा सवारी आवागमनको चाप बढ्न थालेको छ ।

महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रणसम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका बारेमा छलफल सुरु गरेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ जिल्लामा उच्च सतर्कता अपनाइएको जानकारी दिँदै केही दिन यता सवारी चाप बढेकाले व्यवस्थापनको काम पनि भइरहेको बताउनुभयो ।

बन्दाबन्दीमा कडाइ गर्दा पनि सडकमा सवारीसाधनको चाप बाक्लो देखिन थालेपछि नागरिकको दैनिक जीवन सहज, सुरक्षा व्यवस्था र भावी रणनीति तयार गर्न संयुक्त अवलोकन पनि गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*