शुक्रबारदेखि जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण बन्द

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार १०:४९

बैशाख १३, धनुषा – जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण शुक्रबार देखि रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए ।

सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेशिनले नेगेटिभ देखाएको थियो । जबकि ती किशोरकै स्वाब थप परीक्षण गर्दा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पोजेटिभ रिपोर्ट आयो । सोही कारण जनकपुरको पिसिआर मेशिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको    छ ।

जनकपुर प्रयोगशालाका इञ्चार्ज रामविनय साह भन्नुहुन्छ, “सर्लाहीको किशोरको घटनाले मेशिनमाथि आशङ्का उत्पन्न भएको छ, त्यसैले शुक्रबारबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौँ ।”

उनले हालसम्म १०० भन्दाबढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको बताए । त्यही मेशिनले नेगेटिभ देखाएका सर्लाहीको धनकौल गाउँपालिका–५ हरकटवा बस्ने १४ वर्षीय बालकमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*