बागमती प्रदेशमा ७ हजार जनाको र्‍यापिड टेष्ट

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०८:४७

बैशाख, हेटौंडा – बागमती प्रदेशका जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ७ हजार १ सय ४३ जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा र्‍यापिड टेष्ट गर्दा १४ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

र्‍यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ४ सय ८० जनाको र्‍यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अरु ४ सय ७६ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ ।

र्‍यापिड टेष्ट काठमाण्डौमा २ हजार २ सय २५ जना, भक्तपुरमा ३ सय ४६ जना, ललितपुरमा ४ सय ५६ जना, रसुवामा ५५ जना, नुवाकोटमा ४ सय ८४ जना, धादिङमा ५ सय ३८ जना, चितवनमा ७ सय १७ जना, सिंधुलीमा ४ सय ५९ जना, रामेछापमा १ सय ५५ जना, दोलखामा ३ सय ३३ जना, काभ्रेमा ४ सय ७९ जना, सिन्धुपाल्चोकमा ४ सय १४ जनामा गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*