कोरोना विरुद्धको औषधि परिक्षण असफल

तामसालिङ खबर
१२ बैशाख २०७७, शुक्रबार १४:४२

बैशाख १२, एजेन्सी – कोरोना भाइरस संक्रमणविरुद्ध एक प्रभावकारी एन्टिभाइरल औषधिका रुपमा परीक्षण गरिएको औषधि असफल भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना विरुद्ध प्रभावकारी हुने भनी विश्वव्यापी आशा गरिएको यो औषधी पहिलो अनियमित क्लिनिकल परीक्षणमा असफल भएको छ । यस एन्टिभाइरल औषधीको नाम ‘रिमोडिसिभर’ राखिएको छ । यो औषधि चीनले परीक्षण गरिरहेको थियो तर असफल भएको बताइएको छ ।

परीक्षणका क्रममा जम्मा २३७ जना कोरोनाका बिरामीमध्ये केहीलाई रिमोडिसिभर औषधि दिइएको थियो भने केहीलाई प्लेसबो दिइयो । एक महिनापछि रिमोडिसिभर लिने बिरामीहरूमध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो । जबकि प्लेसबो लिने बिरामीहरूमध्ये १२.८ प्रतिशतको मात्र मृत्यु भयो ।

यस औषधिको साइड इफेक्टका कारण परीक्षण पहिले नै रोकिएको थियो । यो औषधि निर्माणमा एक अमेरिकी कम्पनी गिलियड विज्ञान लागिपरेको थियो भने परीक्षण चीनमा भएको बिबिसी हिन्दीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*