निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

तामसालिङ खबर
११ बैशाख २०७७, बिहीबार १६:१९

बैशाख ११, काठमाडौं – जनता समाजवादी पार्टी बिहिबार निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर बनेको नयाँ राजनीतिक दलको १३८८ दर्ता नम्बरमा बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।

महतोले दल दर्ता भइसकेको र आवश्यक कागजात लकडाउन पछाडि बुझाउने सहमति बनेको जानकारी दिए । आयोगमा महतो सहित उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शिवजी यादव, कृष्ण शर्मा लगायतका नेताहरु दल दर्ता गराउन पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*