प्रहरीको १९ जना एसएसपीमा बढुवा

तामसालिङ खबर
१० बैशाख २०७७, बुधबार ०६:५१

बैशाख १०, काठमाडौं – नेपाल प्रहरीमा १९ जना एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ । मंगलबार बसेको बढुवा सिफारिस समितिले १९ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*