राक्सिराङमा आरडीटी परिक्षण गरियो, सबै नेगेटिभ

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०८:५६

बैशाख ९, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकामा बिदेशबाट फर्किएकाहरुको सोमबार आरडीटी परिक्षण गरिएको छ । गत फागुन महिनायता बिदेशबाट घर फर्किएका ९ जनाको आरडिटि परिक्षण गरिएको हो ।

उनीहरू सबैको आरडिटी नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको र्यापिड किट र स्वास्थ्यकर्मीको सहयोगमा गाउँपालिकाले बिदेशबाट आएकाहरुको आरडिटि गरेको हो ।

फाल्गुन यता गाउँ पालिकामा ९ जना बिदेशबाट फर्किएको र सबै होम क्वारेन्टाइनमा रहेका छन् । उच्च सावधानी अपनाइएकाले गाउँपालिकामा हालसम्म कोरोना भाइरसको जोखिम नरहेको गाउपालिकाको अध्यक्ष राजकुमार मल्लले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*