हेटौंडामा १८ जनाको आरडीटी टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०७:३४

बैशाख ९, हेटौंडा – विदेशबाट आएकाहरुको हेटौंडा उपमहानगरपालिकाको वडा-वडामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गरिएको छ । उपमहानगरपालिकाले सोमबार हेटौंडा ९ मा १८ जनामा गरिएको र्‍यापीड टेष्टमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । १८ जना मध्ये चार जना महिलाको ¥यापीड टेष्ट गरिएको थियो ।

सोमबार नै हेटौंडा उपमहानगरपालिकाका १६, १७ र १८ नम्बर वडा कार्यालयमा आरडीटी गरिएको थियो । तीन वडामा ७ जना महिला सहित ४० जनाको आरडीटी गरिएको थियो ।

४० जनाको नेगेटिभ आएको थियो । विदेशबाट आएकाहरुको सबै वडामा नै पुगेर आरडीटी गर्न उपमहानगरपालिकाले समन्वय गरिरहेको मेयर हरिबहादुर महतले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*