शिक्षक संगठन मकवानपुरमा विज्ञान विषयकाे प्रशिक्षण

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०८:१८

बैशाख ९, हेटौंडा – नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधी मैत्री प्रशिक्षण कार्यक्रमकाे तेस्राे शत्र सोमबार सम्पन्न भएकाे छ । शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माकाे प्रमुख आतिथ्यतामा रहेकाे कार्यक्रममा जिल्ला अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा आधारित जुुम एप मार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक सुवास खनालले विज्ञान विषयमा प्रशिक्षण दिनुभएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे । माध्यामिक तहमा विज्ञान विषयका सम्भावना, चुनाैति र आबश्यकता जस्ता समसामयिक विषयवस्तुमा प्रशिक्षण सम्पन्न भएकाे हाे ।

काेरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएकाे प्रभावलाई न्यूनिकरण गर्न आयोजना गरिएकाे प्रशिक्षणात्मक कार्यक्रमलाई संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले लकडाउनका कारण विद्यालय शिक्षामा पुगेकाे क्षतीलाई प्रविधिकाे पहूँच मार्फत न्यूनिकरण गर्नुपर्नेमा जाेड दिनुभयाे । शर्माले, प्रविधिकाे प्रयाेग कसरी र कस्ताे परिवेशमा जाेड्न सकिन्छ भन्ने तर्फ पनि प्रशिक्षण दिदै समसामयीक सांगठनिक विषयमा मन्तब्य ब्यक्त गर्नु भयो ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश संगठन सचिवालय सदस्य माेहन शर्मा, पाल्पा अध्यक्ष, मकवानपुर उपाध्यक्ष, पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, नवलपरासी अध्यक्ष माेति सुवेदी, लक्ष्मी गजुरेल, काेषाध्यक्ष जयप्रसाद पाेखरेल, सहकाेषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

संगठनकाे नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२:०५ मा शुरु हुने प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे । आज हुने चाैथाे सत्रमा भने कक्षाकाेठामा बालबालिकालाई दिईने कक्षाकार्य र गृहकार्यका विषयमा प्रशिक्षक विवश जंग थापाले सहजीकरण गर्नुहुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*