मकवानपुरमा हावाहुरी र असिनापानीले दुई करोडको क्षति

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०६:०६

बैशाख ९, हेटौडा – विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडा लगायत मकवानपुर जिल्लामा करिब रु दुई करोड मूल्य बराबरको क्षति पुर्याएको छ ।

हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरी लगायत तरकारीमा क्षति पुर्याएको छ ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*