युवा उद्यमी मेनकाले दिइन, १२ सय थान मास्क

तामसालिङ खबर
८ बैशाख २०७७, सोमबार ०७:३१

बैशाख ७, हेटौँडा – कोरोनाको महामारी समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ निवासी युवा उद्यमी मेनका श्रेष्ठले हेटौँडा उपमानगरपालिका लाई ७ सय, लायन्स क्लब हरुलाई ४ सय तथा मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ को जनजागृती बहुउदेश्य सहकारी सस्थालाई १ सय थान माक्स सहयोग गरेकि हुन् । उनले हेटौँडा उपमहानगरपालिकालाई ३१ थान प्रोटेक्सन क्याप समेत सहयोग गरेकि छिन् ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको राष्ट्रिय महिला उद्यमी सिप विकास समितिकी सभापति समेत रहेकी उनि हेटौंडाको ख्पगल्लीमा टेलर्स सञ्चालन गर्दै आएकी युवा उद्यमी श्रेष्ठ आफैले मास्क उत्पादन गर्दै कोरोनाबाट बच्न र जोखिमलाई मध्यनजर गर्दै मास्क सहयोग गरेको बताइन ।

उनले आफैंले हेटौंडामा टेलर्स सञ्चालन गरेर मास्क उत्पादन गर्दै आएकी छिन् । महिला उद्यमको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै उनलाई सरकारले समेत सम्मानित गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*