दमकमा १४ जनाको आरडिटी परीक्षण नेगेटिभ
वैशाख ७, झापा – प्रदेश नम्बर १ को दमक- ६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरु सहित १४ को आरडिटी परीक्षणमा नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले जानकारी दिईन ।
उप-प्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार उनीहरु दुई महिना अघि नै नेपाल आएको खुलेको छ । कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् । उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् ।
देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाएको छ ।