सडकमा पैसा फालेर भाग्ने २ महिला पक्राउ

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार ०७:२९

बैशाख ७, जनकपुर – धनुषामा सडकमा पैसा फालेर भागेकी २ महिलालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनी दुवै नातामा भाउजू र नन्द हुन । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी शुक्रबारदेखि शुरु गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा उनीहरूले पैसा फालेकी थिइन्।

शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयको नोट फालिएको अवस्थामा देखेपछि स्थानीय पैसा देख्नेबित्तीकै प्रहरीलाई खबर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*