कोरोना कहर – अष्ट्रेलियामा शेष घलेले १० लाख अमेरिका डलर सहयोगको घोषण
बैशाख ६, सिड्नी – बिश्वब्यापी रुपमा कोरोनाभाइरसले आक्रान्त बनाइरहेको अबस्थामा गैरआवासीय नेपाली संघ(एनआरएन) को पूर्व अध्यक्ष शेष घलेले अष्ट्रेलियामा १० लाख अमेरिकी डलर अर्थात १२ करोड २३ लाख सहयोगको घोषण गरेका छन् ।
उनको सहयोग मेलवर्न इन्सिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि १० लाख डलरको सहयोग कोष घोषणा गरेका हुन् । सिड्नी र मेलवर्नको एमआइटीमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सहयोग घोषणा गरेका हुन् ।
उनको सहयोगले नेपाली बिधार्थी लगायत विदेशी विद्यार्थीका लागि राहतस्वरुप उपलव्ध हुने बताइएको छ । एमआइटीमा कम्तीमा पाँच सय नेपाली विद्यार्थी रहेको अनुमान छ।
कोरोनाका कारण काम गुमाएका विद्यार्थी र आर्थिक समस्याको मारमा रहेकालाई पाँच सय डलर सम्मको सहयोग गरिने एमआइटीले आफ्नो वेभ साइटमार्फत जनााएको छ । यसअघि पहिलो पटक एक्सपर्ट एजुकेशनले नेपाली विद्यार्थीलाई दुई लाख डलरको राहत कोष घोषणा गरेको थियो ।