कोरोना परीक्षण-कसरी हुन्छ आरडिटि र पिसिआर परिक्षणको नतिजा फरक ?

तामसालिङ खबर
४ बैशाख २०७७, बिहीबार १२:०५

कोरोना भाइरसको संम्रमण भए नभएको पत्ता लगाउन विभिन्न परिक्षण विधिहरुको विकास भएको अवस्थामा विश्व स्वास्थ्य संगठनले पोलिमरेज चेन रियक्सन (पिसिआर) ले कोरोना भाइरसको संक्रमण हो वा होइन भनि अन्तिम निर्णय दिने गर्दछ ।

कसरी हुन्छ त एउटै व्यक्तिको आरडिटि र पिसिआर परिक्षणको नतिजा फरक ?

-र्यापिड डाइग्नोष्टिक टेस्ट
यो एउटा एन्टिबडि प्रोटिनको परिक्षण हो । यो भाइरस संक्रमण भएको व्यक्तिले आफ्नो शरीरभित्र त्यस भाइरसविरुद्ध रोगप्रतिरोधात्मक एन्डिबडि प्रोटिन उत्पादन गर्दछ । यस रयापिड टेस्टमा मानिसको रगतमा यो एन्टिबडि प्रोटिन छ कि छैन भनि परिक्षण गर्छ ।

रगतमा यो एन्टिबडि प्रोटिन देखिए आरडिटि परिक्षण गर्दा नतिजा पोजिटिभ आउछ । तर यो एन्टिबडि बन्नलाई केहि दिनको समय लाग्दछ ।त्यसैले भाइरस संक्रमण भइ लक्षण देखिएको ७ दिन पछि परिक्षण गराउदा -यापिड डाईग्नोष्टिक टेस्ट (आरडिटि)को नतिजा पोजिटिभ आउछ । परिक्षणको नतिजा पोजिटिभ आएमा त्यस व्यक्तिमा भूत वा वर्तमानमा भाइरस संक्रमण भएको हुनसक्छ । तर यो रगतमा एन्टिबडि देखिने समयसम्ममा भाइरस हटिसकेको हुनसक्छ यस्तो अवस्था भनेको भाइरस संक्रमण भइ लक्षण देखिएको १४ देखि २१ दिन नाघेको अवस्था वा सक्रिय संक्रमण नभएको अवस्था हो ।

परिक्षणको नतिजा नेगेटिभ आएमा कोभिड १९ (सार्स –कोभ–२) भाइरस संक्रमण नभएको भन्न सकिदैन किन कि भाइरस संक्रमणको पहिलो ७ दिनसम्म व्यक्तिको शरीरमा एन्टिबडि प्रोटिन प्रशस्त मात्रमा नबनेको हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो परिक्षण ग्रामिण क्षेत्र वा सिमित स्रोतसाभन उपलब्ध भएको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई द्रुतगतिमा पत्ता लगाउनका लागि विशेष उपयोगी रहेको छ ।

-पिसिआर नै अन्तिम परीक्षण
आरडिटि उपयोगी त हो तर कोरोना भाइरसको संक्रमण वास्तबिक रुपमा पत्ता लगाउनका लागि पिसिआर परिक्षण नै अन्तिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यत्तिबेला आरडिटिमा नेगेटिभ नतिजा आएपनि पिसिआर परिक्षणमा पोजिटिभ देखाएको पनि हामी सुनेकै छौ ।

डब्लू.एच्.ओ का अनुसार आरडिटिको सहि नतिजा हुनका लागि धेरै तत्वहरुले प्रभाव पारेको हुन्छ जसमध्ये संक्रमणको चरणहरु, नमुनाको संकलन सहि रुपमा भएको छ कि छैन, नमुनामा भाइरसको मात्रा, उत्कृष्ट नमुना संकलन भएको वा नभएको , आरडिटिमा रहेको रिएजेन्ट को अवस्था आदि हुन् ।

यी तत्वहरुका कारणले कोरोना भाइरसको संक्रमण परिक्षणमा विभिन्न सर्वे रिर्पोटमा अनुसा ८० प्रतिशतसम्म आरडिटिले संवेदनशीलता देखाएको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्मको तथ्याङका आधारमा आरडिटिलाई अन्तिम नतिजा नमानी यो परिक्षण अनुसन्धान,रोगको निगरानीका लागि मात्र प्रयोग गरि बिरामी उपचारलाई प्रोत्साहन गर्न आग्रह पनि गरेको छ ।

आरडिटिमा पोजिटिभि पिसिआरमा पोजिटिभ भन्नाले कोरोना भाइरस संक्रमण भएको र हाल सक्रिय संक्रमण भएको अवस्था हो । आरडिटिमा पोजिटिभि पिसिआरमा नेगेटिभ भन्नाले भाइरस संक्रमण भएको १४ देखि २१ दिन नाघिसकेको अवस्था र हाल भाइरसको सकृय नरहेको अवस्था वा बिरामी निको हुने चरणमा रहेको अवस्था हो ।

आरडिटिमा नेगेटिभ पिसिआरमा पोजिटिभ भन्नाले कोरोना भाइरसको संक्रमण ७ देखि १० दिन भित्रको भएको र हाल सकृय संक्रमण रहेको अवस्था हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*