‘लकडाउन’ वैशाख १५ गते सम्म लम्ब्याउने निर्णय

तामसालिङ खबर
२ बैशाख २०७७, मंगलवार १६:२४

बैशाख २, काठमाडौँ – सरकारले लकडाउनको अवधि बैशाख १५ गते सम्म थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १२ दिन बढाएर वैशाख १५ गते १२ दिन सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गते सम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ । आजै छिमेकी राष्ट्र भारतले लकडाउन बैशाख २१ गते सम्मका लागि बढाउने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*