लकडाउन : हेटौँडा-काठमाडौँ जोड्ने सडक फराकिलो बनाइँदै

तामसालिङ खबर
२९ चैत्र २०७६, शनिबार ०६:२३

चैत्र, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौँडालाई काठमाडौँ सँग जोड्ने हेटौडा भीमफेदी कुलेखानी सडक खण्डलाई फराकिलो बनाईरहेको छ । सडक खाली भएकाले अहिले बागमती प्रदेश सरकारले सो मार्गलाई निर्धक्कसँग फराकिलो बनाईरहेको छ ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँयालका अनुसार लकडाउनका कारण देशमा असहजिलो स्थितिमा रहेतापनि यसलाई मौकाको रूपमा सदुपयोग गरिएको जनाएको छ । यो चरणमा सम्पन्न गरिने १६ किलोमिटर मध्ये आठ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको मन्त्री फूयाँलले बताएका छन् ।

दूरी व्यवस्थापन लगायत कोरोना भाइरस सँग सम्बन्धित सबै प्रकारका सुरक्षा र सावधानीलाई पूर्णरूपमा पालना गर्दै काम गरिएको मन्त्री फुँयालले जानकारी दिए । भीमफेदीबाट कुलेखानी सम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*